काठमाडौं । सनातन धर्मावलम्बीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरेका छन् ।
नेपालीको आयोजनामा सनातन संस्कृतिको खुलेआम विरोध गरि प्रचार गरेको भन्दै उनीहरुले 'सुदन किराँती'लाई मन्त्रीपदबाट बर्खास्तको माग गर्दै 'संसद् भवन' घेराउ गरेका हुन् ।
उनीहरु बिभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली समेत निकालेका थिए।
बिरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए ।
उनीहरुले गैरजिम्मेवार मन्त्री राजिनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए ।
मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए । उहाँको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।
गत बुधबार मन्त्री किराँतीले इसाई धर्मावलम्बीहरूको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर यतिबेला उहाँ आलोचित बन्नुभएको हो ।
मन्त्री किराँतीको नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधान विरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” भएको भनेको भन्दै उनीहरूलाई ‘जेल हाल्नुपर्ने’ अभिव्यक्ति दिएसँगै उहाँको चौतर्फी आलोचना भएको हो ।
मन्त्री किराँतीले विश्वमा धार्मिक जनसङ्ख्याबारे तथ्याङ्क समेत पेस गर्दै विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या क्रिश्चियन धर्मावलम्बीकै रहेको बताउनु भएको थियो ।
उहाँले नेपालको रङ्गीबिरङ्गी फूलबारीमा इसाई धर्मावलम्बीहरू पनि एक रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति दिनुभएको थियो । संसारमा ३० प्रतिशत मानिसहरु इसाई धर्मावलम्बी भएकाले नेपालीमा पनि लाखौं इसाई धर्मावलम्बी रहेको उहाँले बताउनु भएको थियो ।
नेपाल सम्पूर्ण धर्मावलम्बीको साझा फूलवारी रहेको र आफू उक्त फूलबारीको माली भएको र राज्य अभिभावक रहेको मन्त्री किराँतीको भनाइ थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच