काठमाडौं। नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदैछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।
जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले बिधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।
जसअनुसार आजबाट सुरू हुने बिधान अधिवेसनमा १ सय ९९ सदस्सीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।
गत आइतबार र सोमवार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच