काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताउनु भएको छ ।
कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन गरेर जाँदामात्रै कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने समेत बताउनु भयो ।
साथै नेपाली कांग्रेसलाई बलियो र शक्तिशाली बनाउन पार्टीभित्र समझदारी र एकता आवश्यक भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो छ । पार्टीलाई बलियो बनाएर जानसके मात्रै ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’
उहाँ अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको समेत बताउनु भयो । दलबीचको सहमति र सहकार्यले मात्र गणतन्त्रलाई सुदृढ बनाउन सकिने उहाँको भनाइ थियो ।
देश अहिले महत्वपूर्ण मोडमा रहेको बताउँदै उहाँले अहिलेको गठबन्धनले संघीय गणतन्त्रलाई मजबुत बताउने काम गरेको दाबी समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच