डडेल्धुरामा १ बजेदेखि गणना शुरु हुने

हिमालय टाइम्स
Read Time = 2 mins

डडेल्धुरा । आईतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य निर्वाचनका लागि भएको मतदानको सबै मतपेटिकाहरु गणना स्थलमा पुगेका छन ।

जिल्लाका १०१ मतदान स्थलका १४१ मतदान केन्द्रका मतपेटिकाहरु मध्ये पर्शुराम नगरपालिका भित्रका २९ मतदान केन्द्रका पेटिकाहरु संकलन गर्ने क्रममा कचची बाटोका कारण सुरक्षाकर्मीको गाडी बिग्रिए पछि अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

भौगोलिक कठिनाई भएको पर्शुराम नगरपालिकाको वडा नं.२ र ३ का दुर्गम बस्तीको दुर्गम मतदान केन्द्रबाट नगरपालिका केन्द्र जोगबुढामा ल्याउन समस्या भएका कारण आज बिहान मात्र जिल्ला सदरमुकाममा ल्याउने काम भएको कार्यालयले जनाएको छ ।

मतपेटिका पुगे पछि सर्बदलिय र उममेदवार बिचको बैठक पश्चात मतगणना थालिने पनि मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेजे जानकारी दिनु भएको छ ।

हिजो सम्पन्न आम निर्वाचनमा ९१हजार २सय १ मतदाता मध्ये ५१ हजार ६सय ६० अथवा ५६ दशमलब ६४ प्रतिशत मात्र मतदान भएको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?