जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-६ ले लक्षित वर्ग अन्तर्गत पर्ने एकल महिला गरिब, विपन्न अपांगता भएका व्यत्ति,तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।
जिल्लामा बढेको अत्यधिक जाडो याममा वडापालिकाले यहाँका लक्षित वर्गका नागरिकलाई कम्बल वितरण गरेपछि ज्येष्ठ नागरिकदेखि एकल महिलालाई निकै राहत पुगेको तातोपानी -६ का ज्येष्ठ नागरिक काले विष्टले बताउनुभयो ।
लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाले यो वर्ष तीन लाख बजेट विनियोजित गरेको थियो । सोही बजेटबाट तातोपानी -६ का करिब १७० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो ।
जुम्लाको तापक्रम माइनसमा रहेको छ। चिसो बढेर समस्या भइरहेका बेला वडापालिकाले कम्बल वितरण गरेकोमा ज्येष्ठ नागरिकहरूमा खुसी छाएको ज्येष्ठ नागरिक जगसिला रावतको भनाइ छ।
वडाध्यक्ष खड्काले यहाँका ज्येष्ठ नागरिकका समस्या बुझेर लक्षित वर्ग भित्र पर्ने नागरिकलाई राहत हुने जस्ता कार्यक्रम लागू गरि कार्यनयन ल्याएको ज्येष्ठ नागरिक बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच