पर्यटनलाई विश्व बजारसम्म प्रवद्र्धन गर्नुपर्छ : राष्ट्रिपति पौडेल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पर्यटनलाई विश्व पर्यटन बजारसम्म प्रवद्र्र्धन गरि आय आर्जन गर्न सकिने बताउनु भएको छ ।

बुधबार सातौँ बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले बागलुङमा प्रशस्त पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै त्यसलाई विश्व बजारसम्म प्रबर्धन गरि आयआर्जन गर्नु पर्नेमा जोड दिनुभयो ।

पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । ढोरपाटन शिकार आरक्ष, धौलागिरी हिमश्रृंखला, पञ्चकोट, शालिग्राम संग्रहालय कालिका मन्दिर लगायतका पर्यटकीय क्षेत्रलाई विश्व पर्यटन बजारसँग जोड्नु पर्ने बताउनुभयो । बागलुङ फलाम र तामाखानी समेत प्रशस्त रहेको उल्लेख त्यसको उत्खननमा लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

‘बागलुङ धार्मिक, सामाजिक तथा सांस्कृतिक रुपमा असाध्यै धनि छ, साथै धौलागिरी हिमाल लगायतका हिमश्रृंखलाका सुन्दर दृश्य देख्न पाइन्छ, यसलाई विश्व बजारमा प्रबर्धन गरि आयआर्जन गर्नु पर्छ’ राष्ट्रपति पौडेलले भन्नुभयो – ‘बागलुङमा प्रशस्त तामाखानी छन्, फलामखानी छन् तर अहिले बन्द छन्, सम्भावित खानीको उपयोग गर्न निजी क्षेत्रलाई अनुरोध गर्दछु ।’

पौडेलले व्यवसायलाई यान्त्रिकरण र आधुनिकिकरण गर्नु पर्नेमा समेत जोड दिनुभयो । उहाँले नेपालको संविधानलाई कसैले पनि आँच पु¥याउन नहुने बताउनुभयो । नेपाली जनताको रगत र पसिनाबाट बनाइएको संविधान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधानलाई कसैले पनि आँच पु-याउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली जनताको रगत र पसिनाले बनेको संविधान हो, यो संविधानलाई कसैले पनि आँच पुर्याउने छैन ।’ आजदेखि सुरु गरिएको सातौँ बागलुङ महोत्सव यहि पुष २२ गतेसम्म हुनेछ । कोरोना संक्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यस अघि वि.सं. २०७६ सालमा महोत्सव भएको थियो । महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।

महोत्सवमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ । मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको संघले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?