काठमाडौं । दोलखाका २४ वर्षीय दर्शन केसी ‘शान्कु’ले फरक क्षमता भएका कविका रुपमा परिचय बनाउनुभएको छ । हालै राजधानीमा एभरेष्ट ग्यालरीको आयोजनामा भव्य लोकार्पण समारोहका साथ कवि दर्शनको पहिलो अंग्रेजी कविता संग्रह ‘दर्शन’ लोकार्पण भएको हो । कार्यक्रममा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा साथै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललगायत दर्जनौं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
दर्शन जन्मजात देखिनै मस्तिष्क पक्षघातका कारण बोल्न हिँड्न अनि शरीर चलाउन सक्नुहुन्न । नाकको सहायताले मोबाइलमा टाइप गरेर उहाँले यो कृति पाठकमाझ ल्याउनुभएको हो । पुस्तक पाठकमाझ ल्याउन मोडल तथा कलाकार सनम कठायतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । पुस्तक विमोचनमा सनमले दर्शनजस्तो प्रतिभाशाली व्यक्ति आफ्नो अभिनय जीवनको शुभचिन्तकको रूपमा पाउनु सौभाग्य हो र दर्शनभित्रको प्रतिभालाई उजागर गर्न सहयोग गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभयो । दर्शनको अंग्र्रेजी कवितासंग्रह ‘दर्शन’ प्रकाशनार्थ सहयोग गर्नुहुने सम्पूर्ण दर्शनका सहयोगी हातहरूलाई सनमले विशेष धन्यवाद दिनुभयो । कलाकार सनमको यो उदार प्रेमभाव र सद्भावपूर्ण सहयोग पक्कै पनि कलाकार र शुभचिन्तक बीचको जिम्मेवारीपूर्ण सम्बन्धको अनुकरणीय उदाहरण हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच