काठमाडौं । सबल बैंक, सफल सहकार्य नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले विभिन्न स्वास्थ्य र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्यका लागि सम्झौता गरेको छ । उक्त सम्झौतासँगै बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार हेटौंडाको भुङ्ग्रो थकालीको फुड एण्ड वेभरेजमा १०, काठमाडौं, न्युरोडको एन्जेल ज्वेलर्समा गहनाको ज्यालामा ४०, सिद्धार्थनगरको गाउँले चुलो भैरहवामा १०, काठमाडौं महाराजगञ्जको एजिलस डाइग्नोस्टिक प्रालिमा १५, हेटौंडाको पल्पसा प्याराडाइज होम प्रालिमा १०, काठमाडौं सुन्धाराको एक्सप्रेस म्याग्दी होटलमा १०, हेटौंडाको क्विक हाउस होटलमा १५ प्रतिशतका साथै हेटौंडाको हिमालयन स्विट एण्ड बेकरीमा ग्राहकले छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न