मेरा मनमा धेरै दिनदेखि असल र खराबका सम्बन्धमा तर्कना चल्दै आइरहेका थिए । विष्णु असल भनिए किन ? मधु र कैटभ खराब दानव किन भनिए ? यसको चित्तबुझ्दो उत्तर आजसम्मै पनि पाएको छुइँन । राम असल गनिए अन्यायमा परेकी अहिल्यालाई युवराजका हैसियतले न्याय दिए । लोकपिराही ताडकालाई मारे पनि लोकले जयजयकार गरेको हुनाले उनको असलियतमा दाग लागेन । अनिर्दोष परपत्नी हर्ता रावणसँग अन्यायमा परेकी स्वपत्नीका लागि जुधे असलपना झनै चम्क्यो । धोबीका कुरा सुनेर गर्भवती पत्नीलाई झुक्याएर वनमा छाडे राजगद्दीका उन्मादले आज पनि लव र कुशका सन्तान राउटे र कुसुन्डा प्रसिद्ध नै छन् ।
यसको दण्ड उनले भोगे सरयुमा हामफालेर मर्नु पर्यो । कंस खराब गनियो किनभने बाबुलाई जेलमा हालेर आफू राजगद्दीमा बस्यो । कंस खराबै गनियो किनभने भविष्यत्को आशंकामा बहिनी र जुवाइँलाई जेलमा हालेर तिनका छ÷छवटा सन्तान मार्यो । वरपर राज्यका निरपराध बालक पनि शंकाकै भरमा मार्यो । कृष्ण राम्रा गनिए किनभने जन्मदेखि मृत्युपर्यन्त अनेकौं प्रकारका वैयक्तिक र सामूहिक समस्यासँग जुधे, कहिल्यै खुइ्यय पनि गरेनन् र अन्यायविरुद्ध र अधर्मका विरुद्ध लडी नै रहे । नारी भोगमा पनि चाहनेका चाहनामात्रै पूरा गरे बल प्रयोग गरेनन् । एक हजार छ सय आठवटी सबै उनीहरूकै रोजाइमा उनका अंकशायिनी बन्न आएका थिए ।
मन्त्रीमा चाणक्य, विदुर, भीमसेन थापा, जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला मलाई जँचेका थिए जँचेका जँच्यै छन् । बाँकीलाई म राम्रो मान्छु पनि र मान्दिन पनि । नसकेपछि मान्छु सकुन्जेल गर्धनियाँ नै लाउन खोज्छु ।
कुनै एउटीलाई पनि उनले मलाई तिमी राम्री लाग्यौ भनेर भोग गरेनन् । उनलाई अति चाहने एउटीलाई उनले निजी बनाएनन् ती युवती हुन् राधा । उनको दर्शन खडा गरिदिए बदलामा तर पनि द्वेष विकसित हुन दिएनन् । अपाहिज उद्धार (कुब्जा) गरिब उद्धार (सुदामा) असहाय उद्धार (नलकुबर) अन्यायका विरुद्धको क्रान्ति (जरासन्ध, कंस, कालयवन आदि) अधर्मका विरुद्धको लडाइँ (महाभारत, रुक्मिणी उद्धार, नरकासुरबध र एकहजार छ सय बन्दी कन्याको उद्धार) कृष्णका सेता टलक्क टल्कने आचरणका ज्योति हुन् भन्ने कुरो अनेकौं संस्कृतशास्त्र र वाङ्मयको अध्ययनले परिपुष्ट पार्छन् ।
सल, खराब, राम्रो नराम्रो यी शब्द आपसमा सापेक्षित छन् कि छैनन् ? राम्रो र नराम्राले बाहृयावरण आर्थात् रूप बनावट, वर्णका साथै आनीबानीलाई पनि अभिव्यञ्जित गर्दछन् । रामको बानी राम्रो छ । राम राम्रो छ । श्याम नराम्रो छ । श्यामको बानी खराब छ । त्यो केटीको बानी राम्रो छ । यो केटी खराब छे आदि । आहा ! त्यो केटी कति राम्री रहिछ । यसरी हेर्दा राम्रो नराम्रो रूप, गुण, वर्ण आनीबानी याबत् पक्षसँग सम्बद्ध देखिन्छन् । मलाई एकजना मित्रले राम्रो भनेछन् । पञ्चायतका प्रधानमन्त्रीदेखि सबैले मलाई नराम्रो भने । पढाउने गुरुले पनि गफाडी हल्लाखोर, कांग्रेसी भन्थे ।
नकमाउने, चाहेजति पैसा दिन नसक्ने भनेर स्वास्नी छोराबुहारीबाट पनि म राम्रोमा गनिएको छु जस्तो लाग्दैन । मैले पनि कम संख्याका मान्छे र देवीद्यौतालाई राम्रो मान्ने गरेको छु । यसको मतलब हो राम्रो, असल र गुणी मान्छे, ग्रह वस्तु र देवीदेवता पनि कम हुँदारहेछन् । राजामा जनक, रन्तिदेव, शिवी, मोरध्वज, पृथु, भरत र पृथ्वीनारायण शाह मलाई राम्रा लागेका हुन् अहिले पनि लाग्छन् । मन्त्रीमा चाणक्य, विदुर, भीमसेन थापा, जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला मलाई जँचेका थिए जँचेका जँच्यै छन् । बाँकीलाई म राम्रो मान्छु पनि र मान्दिन पनि । नसकेपछि मान्छु सकुन्जेल गर्धनियाँ नै लाउन खोज्छु ।
मलाई पनि ओली शेबदे, माकुने, भट्टराई झलनाथ, पुकदा आदि इत्यादिले राम्रो मान्दैनन् । म यिनको राम्रो बन्न चाहन्न र आवश्यक पनि छैन । आफू र आफन्तका लागि त पशुपक्षी पनि जिएका हुन्छन् । मुलुक हाँक्ने अवसर पाउँदा पनि आफ्नो लँगौटी र स्वास्नी सालीका सारी सायामा जो भुल्यो त्यसभन्दा गैवार अरू हुन्छ र ? यसरी हेर्दा मलाई मनमोहनजी र किसुनजीसँग पनि रिस उठेको छ । गर्नेभन्दा गराउने ठूलो भन्छन् लोकमा । शेबदेलाई हुर्काउने को ? भन्दा किसुन्जी र गणेशमानजी अब भन्नोस् विषवृक्ष रोप्नेको जयजयकार गर्ने कि ? अमृतफल फल्ने वृक्ष रोप्नेको जयजयकार गर्ने ? तपाईं आफैँ रोज्नोस् ।
कर्मचारीका गल्तीले गएको रूपैयाँसमेत राज्यकोषमा आफ्नो तलवबाट जम्मा गर्ने मनमोहनले हुर्काएका माकुने, ईश्वर पोखरेल, झनाथ खनाल, केपी ओलीजस्ता खराब कि आफ्ना उत्तराधिकारी ठीक किसिमले दिन नसक्ने मनमोहन, किसुनजी, गणेशमानजी र गिरिजाप्रसादहरू यो देश र जनताका आँखामा दोषी ? तपाईंहरू नै निर्णय गर्नुहोस् । हो, कंसका पक्षमा पनि मान्छे थिए । कृष्णका पक्षमा पनि ओइरिए । एउटा विभीषण बाहेक लंकामा सबै रावणका पक्षमा थिए तर रावण राम्रो असल मानिएन । उसमा भएको राज्यसञ्चालनको अनुभवलाई रामले कदर गरे तर अरूले त गरेनन् नि ! बेलामा शत्रुबाट पनि शिक्षा लिन जान्ने असल कि सत्ता, सुन, स्वास्नी छोराछोरीका लागि या आफ्ना पिछलग्गूका लागि जे पनि गर्ने ठीक आफैं छुट्याउनुहोला छुट्याउन नसके कन्पारामा हात लाएर फेरिफेरि पनि रुनुहोला ।
अहिले देशलाई धार्मिक द्वन्द्वमा फसाउने प्रयास गरेको स्वार्थी तत्व रमिता हेरिरहेको होला । माओवादीका उत्तेजनामा यो देशका नागरिक आहत हुने ? यो उत्तेजनाको विषवृक्ष जनताले जरै उखेलेर फालेका थिए तर सत्तालुब्ध दुईवटा व्यक्तिले सर्वसंहारकलाई राम ठानेर काँधमा बोक्नाले आजका विसंगति आएका हुन् ।
न्यायव्यवस्था ध्वस्त पार्ने शेबदे, ओली र पुकँदा, पार्लियामेन्टलाई मूल्यहीन बनाउने यिनै तीन जना, प्रशासन र विश्वविद्यालय बिगार्ने यिनै तीन जना । राज्यले खडा गरेका दोष निर्दोष छुट्याउने निकायमाथि आफ्ना दलालको आयोग समिति आदि बनाएर सुनपानी छर्केर चोख्याउन यिनै तीनजना । मानवीय बिष्टालाई सुनले मोरेर सुनका भाउमा बेच्ने यिनै तीनजना, एनसेएल प्रकरणमा मुछिने पनि यिनै अनि हामी कति निकम्मा यिनकै दौराको फेर समातेर यिनको चरण दर्शन गरेर जुनी सपार्न खोज्ने हाय हाय रे नेपाली जनता । ३२ ले गोरु जोते झैँ होर्रा पछ-पछ भनी भनीकन कन्ड्यौलीको सुम्लो जुरासम्म उठ्ने गरी गोद्दा पनि चेत नफिर्ने ६९ र ८९ वाहरे सत्ता लिप्सा !!!
आमनेपाली जो कसैको हली बसेका छैनन् । ती नेपाली जसले आफ्नो गिदी उपर्युक्त तीनजनाकोमा या तिनका अंकशायिनी सर्वदुःख निवारिका देवी भाउजूका पोल्टामा बन्धक राखेका छैनन् तिनीहरूसँग सोध्न मन लागेको छ खराब को भनेर मलाई । हामी कि ती ? मलाई लाग्छ सबैभन्दा खराब ती मतदाता जसलाई जनता जनार्दन भनिन्छ । तिनीहरू किनभने ४८ महिनादेखिको पेरुंगे पेटमा एक छाक भने पनि चार चोक्टा मासु र दुई गिलास ठर्रा पार्न पाएपछि भनेको रात रहे अग्राख पालाउँछ भन्नेहरू हुन् कि ? हुन त माकुरो जाल लाउँछ उसको जातै जाल लाउने हो ।
त्यसमा पर्छु कि भनेर डराउनुपर्ने मच्छड, झिँगा, साना कीरा आदि जोगिन थाले भने त त्यो जाली पनि त भोकै मर्नु पर्ला नि होइन र ? भगवान जे गर्छन ठीकै गर्छन् जस्तो पनि लाग्छ तर आगाले पनि त खान पाउनुपर्छ भनेर मन्त्र न औषधि अन्न र घ्यू-तेल हृवारहृवार्ती ओइ¥याएर यज्ञ हुन्छ र ? वेदमा पनि त विधि, कर्म, ज्ञान अनि दर्शनको व्यवस्था गरिएको छ नि । विधिविनाको कर्म निस्फल हुन्छ । कर्मविना ज्ञान हुँदैन । ज्ञानको दृढता बेगर दर्शन या स्फुरण या बोध सम्भव छैन । यस कुरालाई विचार गर्दा फटाहा भनेर जान्दा जान्दै पनि विश्वास गर्ने हामी एक नम्बरका दोषी ।
यी लोभी छन्, अज्ञानी छन् भनेर बारम्बार ठग्न धुत्न भेष बदलेर जिब्राका टुप्पामा मह र काखीमा छुरी लिएर आउने फटाहाराज दोस्रो नम्बरका दोषी हुन् झैँ लाग्यो मलाई ता । आयो कुरो मानव समुदायको हित राज्यव्यवस्था र मानवीय सदाचारको । यसमा पनि सत्ययुगमा कालकेय थियो, त्यसलाई सुरुमै दैत्य भनियो । त्रेतामा पनि त रावण कुम्भकर्ण, कालनेमि, खर, दूषण, ताडका सूर्पणखा थिए त । तिनलाई नचिनेको कारण विश्वामित्रले दुःख पाए । पछि रामले नचिन्दा तिनलाई मार्ने आभियान नै चलाउनुपर्यो होइन र ? द्वापरमा पनि त दानव हराएर दानवीय प्रवृत्तिका जरासन्ध, दुर्योधन, शकुनिजस्ता समाजदूषक स्वार्थलम्पट यस समाजमा देखापरेका नै हुन् त ।
हामी किन अत्तालिएका र लाटिएका यी स्वार्थलम्पट देश, जनता र तिनको मूल्यमान्यता भक्षीलाई सजिलै राजनीतिबाट दरकिनार गर्न सकिने बेला भनेको चुनाव हो, त्यसलाई उपयोग गरौं । अन्यथा पुस्तादरपुस्ता कन्पारामा हात लाएर रोएर बसौं । नेपाली जनताले आन्दोलन गर्न जाने, नित्य सतर्क रहेर आफूले चुनेर फठाएका मान्छेको गुणदोषका आधारमा समर्थन र विरोध गर्न जानेनन् । मूल त्रुटि यहीँ छ । आफ्नाले गरे सातखुन पनि खुन होइन अर्काले गरे झिँगो मरे पनि कोकोहोलो मच्चाउने दोष चाहिँ आमनेपालीमा रहेको छ । यस प्रवृत्तिलाई आमनेपाली जनताले कोशीमा या कर्णलीमा बगाएर सचेत नागरिक बन्ने प्रयास गर्नुपर्ने बेला आएको छ ।
अहिले देशलाई धार्मिक द्वन्द्वमा फसाउने प्रयास गरेको निहित स्वार्थी तत्व कुनै अग्ला ठाउँमा बसेर रमिता हेरिरहेको होला । माओवादीका उत्ताउला मान्छेका उत्तेजनामा यो देशका नागरिक आहत हुने ? यो उत्तेजनाको विषवृक्ष जनताले जरै उखेलेर फालेका थिए तर सत्तालुब्ध दुईवटा व्यक्तिले हानथाप गरी गरी सर्वसंहारकलाई राम ठानेर काँधमा बोक्नाले आजका विसंगति आएका हुन् । धर्मको द्वन्द्व गराउने बीजवपन कर्ता एउटा परमधाम गइसके दुईजना छँदैछन् । डलरमा धर्म बेचुवाका पछि लागेर यो पाशुपत क्षेत्रमा गोबध गराउने काम हिजो दरबारले गराएथ्यो लुकी-लुकी । आज सत्तालुब्ध कांग्रेस र एमालेले गराएको देखिन्छ हाक्काहाक्की । गावो विश्वमातरः । गाई विश्वकी मातृशक्ति हुन् सबैले मिलेर तिनको रक्षा गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच