काठमाडौं । स्वस्तिश्री गुरुकुलका अजल काजी ताम्राकारले २६औँ राष्ट्रिय खुला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल हुनुभएको छ । अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा सैयद हम्जा शाहले छोटो दूरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको १३औँ सागमा कायम गरेको २६.५६ सेकेण्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेण्ड समयको नयाँ कीर्तिमान कायम गर्नुभएको हो । प्रतियोगिता २५ मिटर वातानुकूलित पौडी पोखरीमा सञ्चालन भएको हो ।
नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेण्ड समयका साथ स्वर्ण जित्नुभयो । स्वस्तिश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य हात पार्नुभयो ।
सातदोबाटोस्थित वातानुकूलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटरमा स्वस्तिश्रीकी अनुसिया तण्डुकारले २ मिनेट २२.९० सेकेण्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग वाटिकाकी राभ्या श्रेष्ठले कांस्य पाउनुभयो ।
पुरुषको १०० मिटर बटरफ्लाइमा स्वस्तिश्रीका तेन्जिन नामडोल रायन गुरुङले १ मिनेट ००.५३ सेकेण्ड समयका साथ स्वर्ण हात पार्नुभयो । असीम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य पाउनुभयो । महिला ५० मिटर बे्रष्ट स्ट्रोकमा अदिप्सा वैद्यले ३६.५१ सेकेण्ड समयका साथ स्वर्ण जित्नुभयो । यस्तै सियर सुभांगी बजगाईंले रजत र निसर्गकी वैनभी श्रेष्ठले कांस्य पाउनुभयो ।
पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तिश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेण्ड समयका साथ दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो । इरभिन श्रेष्ठले रजत र स्वस्तिश्रीका सेरेन सिंहले कांस्य पाउनुभयो । महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनेट १८.१२ सेकेण्ड समयका साथ स्वर्ण जित्दा निसर्ग वाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमशः रजत र कांस्य जित्नुभयो ।
महिला १०० मिटर ब्रेष्ट स्ट्रोकमा अदिप्सा वैद्यले १ मिनेट २०.१४ सेकेण्ड समयका साथ स्वर्ण जित्नुभयो । निसर्ग वाटिकाका वैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य जित्नुभयो । पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेण्ड समयका साथ स्वर्ण जित्नुभयो । निसर्गका जाडेन श्रेष्ठ र युभनलाल श्रेष्ठले रजत र कांस्य पाउनुभयो । ५० मिटर फ्रिस्टायलको महिलातर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेण्ड समयका साथ स्वर्ण, रोशा न्यौपानेले रजत र मेगन गुरुङले कांस्य पाउनुभयो । ५१ पदकका लागि १४९ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच