काँग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो ।

नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिनुभयो ।

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले बैठकमा दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको बैठकमा नौ वटा बुँदामा निर्णय गरेका छौँ । महासमितिको बैठकलाई कसरी भव्य र सभ्य बनाउने बारे मुख्यतः तिन ओटा समिति गठन भएका छन् । सभापती शेरबहादुर देउवाको संयोजकत्वमा मुल आयोजक समिति बन्छ । उपसभापती पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति बन्छ । तेस्रो महामन्त्री गगन थापाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति बन्छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति रहन्छ । अन्य समितिहरु सभापती ज्यूले आवश्यकता अनुसार गठन गर्दै लैजाने निर्णय भएको छ । दोस्रो निर्णयमा भर्खरै हामीले सम्पन्न गरेका कार्यक्रमहरु पोलिसी ह्याकाथुनको बारेमा, बिपी साहित्य महोत्सवका बारेमा आन्तरिक विशेष अभियानका बारेमा समिक्षात्मक निर्णय छ । यी तीन वटै कार्यक्रमले नेपाली काँग्रेसलाई थप मजबुत बनाएको छ । पार्टीभित्रका विकृति विसंगतिहरुलाई सफा गर्ने, भ्रम चिर्ने अवसर मिलेको छ । दशैको मुखमा बढेको महंगी नियन्त्रण हुनुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौं । आर्थिक मितव्ययिता कायम गर्नुपर्छ भनेर निर्णय गरेको छ । नयाँ संविधान कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न आग्रह गर्ने निर्ण गरेका छौं । जनतालाई सुरक्षाको अनुभुति हुन सकेको छैन । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आवश्यक रणनीति लिन सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । लम्पीस्किन, किसान, बाढी पहिरो प्रभावितका बारेमा राहत उपलब्ध गराउने निषयमा पनि सरकारको ध्यानाकर्षण गर्ने र सरकारलाई डेलीगेसन दिने निर्णय गरेका छौं । शिक्षा विधेयकलाई सर्वस्विकार्य बनाउनेबारे पनि निर्णय भएको छ । विधान १४ औं महाधिवेशनबाट पारीत ग¥यौं ।’

आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?