काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुदैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक १० गतेसम्म जारी रहनेछ ।
महासचिव शंकर पोखरेलका अनुसार समसायिमक राजनीतिक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थितलगायतका बिषयमा छलफल हुनेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।
एमालेको सातौँ केन्द्रीय कमिटी बैठक यही फागुन ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ ।








नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी