टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थप

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।

शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।

टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।

गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?