![‘उपहार’को ‘मुटुको चार आना’ सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Upahar.jpg)
काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार घटेको छ । तर, नेप्से घटे पनि सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेप्से १.९३ अंकले घटेर २०६८.९० अंकमा झरेको हो । भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल, नेपाल रिपब्लिक मिडिया र समाज लघुवित्तको सेयर मूल्य पनि आठ प्रतिशतभन्दा बढीले बढेका छन् । तर, धौलागिरि लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर घटेको छ भने उन्नति सहकार्य लघुवित्त ७.२९, नेपाल इन्स्योेरेन्स ६.१६, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ५.८२, गुराँस लघुवित्त ५.७१, मोलुङ हाइड्रोपावर ५.६२, लक्ष्मी लघुवित्त ५.६१, इमर्जिङ नेपाल ५.५८ र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ५.२७ प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै यस दिन चार अर्ब २९ करोड नौ लाख ३२ हजार दुई सय ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार तीन सय तीन कम्पनीका एक करोड १६ लाख ५८ हजार एक सय १० कित्ता सेयर कारोबार भएका थिए । बुधबार पाँच अर्ब २४ करोड ८७ लाखको सेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार बिहीबार सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक १४ करोड ३८ लाख ३७ हजारभन्दा बढीको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स १३ करोड ५६ लाख, घोराही सिमेन्ट्स १३ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १२ करोड ९८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको १२ करोड छ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको चार लाख १३ हजार एक सय १५४ कित्ता सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको आठ हजार आठ सय २० पटक कारोबार भएकोे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच