काठमाडौं । बिवाइडी डल्फिन ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी हो । ब्राजिलमा लन्च भएको छ महिनामै बिवाइडी डल्फिनले १० महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ । कम्पनीका अनुसार बिवाइडी डल्फिन २०२३ वर्षको सबैभन्दा प्रतीक्षित गाडीमात्र नभएर परम्परागतरूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ ।
बिवाइडीले २०२३ मा ब्राजिलमा मात्रै पाँच हजारभन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ । बिवाइडीका अध्यक्ष टेलर लि भन्नुहुन्छ, ‘बिवाइडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारका लागि एक गेम-चेन्जर हो । इतिहासमा पहिलोपटक एउटा निर्माताले यति धेरै नवीनता र अत्याधुनिक प्रविधियुक्त गाडी प्रदान गरेको छ, जुन आफैंमा पूर्ण र आरामदायक छ ।
यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पूरा उद्योगलाई नै आफ्नो प्राइस पोलिसी पुनरवलोकन गर्न बाध्य बनाएको छ । विद्युतीय कार धेरैभन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो ।’ बिवाइडी डल्फिनले नोभेम्बरदेखि डिसेम्बरसम्म विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच