जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा थापा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको नयाँ नेतृत्व चयन भएको छ । तम्घासमा भएको सहकारी संघको ३० औं वार्षिक साधारणसभा तथा ७ औं अधिवशेनले यमबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोमनाथ सापकोटा चयन हुनुभयो । सदस्यहरुमा शेषकान्त गौतम, बिनबहादुर गौतम, राधा पन्थी, देव बहादुर बस्नेत, कौशलेश्वर ज्ञवाली, विष्णु शर्मा, प्रेमराज भण्डारी, नरेश भण्डारी, रामकुमारी भट्टराई, शान्ता पोखरेल, कृष्णप्रसाद पाण्डे, श्यामकुमार पाण्डे र गोपाल सुनार चयन हुनुभएको छ ।

जिल्ला सहकारी संघको लेखा समितिको पनि सर्वसम्मत चयन भएको छ । अध्यक्षमा गोपाल पाण्डे, सदस्यहरुमा यमुना घिमिरे, चेतनारायण पाण्डे चयन हुनुभयो । राष्ट्रिय प्रतिनिधि शेषकान्त गौतम चयन हुनुभएको छ ।

त्यसअवसरमा नवनिर्वाचित अध्यक्ष थापाले जिल्लाका सबै सहकारीका सञ्चालक बीच सहकारी अभियानलाई सहकारीको मूल्य मान्यता अनुरुप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाका सबै सहकारीबीच समन्वय र सहकार्य गराउने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?