
काठमाडौं । चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा गरिएको छ । निर्माता संजय न्यौपानेले चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा गर्नुभएको हो । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रूपमा प्रदीप भारद्वाजलाई अनुबन्धित गर्दै न्यौपानेले सिनेमा निर्माणको घोषणा गर्नुभएको थियो । चलचित्रमा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरिको मुख्य भूमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गर्नुभएको थियो ।
डार्क एक्सन जानरामा निर्माण हुने चलचित्रको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले जानकारी गराउनुभयो । संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्वाजले केही समय अगाडि नै कथा सुनाएको र आफूलाई स्क्रिप्ट र भूमिका मन परेकाले काम गर्न तयार भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच