फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

मकवानपुर । फाखेल-फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।

“आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल-फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ”, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले रासससँग भन्नुभयो । वैकल्पिक यात्राका लागि हेटौँडा-भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्ने सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौंको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।  रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?