काठमाडौं । विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुनेभएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै चलचित्र चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गर्नुभएको हो । सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्याण्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो ।
निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट चलचित्रले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै चलचित्र प्रदर्शन गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
निर्देशक फिडेल देवकोटाले चलचित्रको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको सुनाउनुभयो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु चलचित्र निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई वेष्ट फष्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । चलचित्रले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि वेष्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।
फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रवीन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई समन अलभितिगाले सम्पादन गर्नुभएको छ । श्रीलंकामा प्राविधिक काम गरिएको चलचित्रमा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताको रूपमा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच