खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान हो : राष्ट्रपति पाैडेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताउनुभएको हो । उहाँले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनु भयो ।

उहाँले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनु भयो । उहाँले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताउनु भयो ।

उहाँले परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि आजको आवश्यकता भएको बताउनु भयो । विद्यार्थीहरुको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ । अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् । पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन । यसका लागि परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि चाहिन्छ । मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप, यसैतर्फका उन्नत सिकाईका विधि हुन् । विद्यार्थीहरुको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार हो ।

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने बताउनु भयो । उहाँले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभुति प्रदान गर्ने उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?