काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गर्ने ग्राहकलाई छुट बिलिङ गरिएको विद्युत खपतको महसुल ६० किस्तासम्ममा किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्था बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिना महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्राधिकरणले बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने लाइन)बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक–पटक ताकेता गरेको थियो ।
ताकेता र अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि विद्युत लाइन बिच्छेद गर्न सुरु गरेको थियो । आमसर्वसाधारण उपभोक्ताले बिगतमा दैनिकरूपमा १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेका बेला दुई सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । दुई सय ३९ ग्राहकमध्ये एक सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइनबापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेको कुल ६१ ग्राहकको २०८० मंसिरसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ । जसमध्ये पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ । बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरणको छ ।
पहिलो किस्ता तिरेपछि हिमालको लाइन जोडियो
बारा-पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपतबापतको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ । आठ करोड १२ लाख बक्यौतामध्ये हिमालले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार साठी लाइन जोडिएको बताउनुभयोे । उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच