संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुन्छ: गगन थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज-भोलिमा नै फिर्ता हुने बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गर्नुभएको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?