
काठमाडौं । नेपाल डेरी एसोसिएसनको २३औं वार्षिक साधारणसभा माघ ७ गते काठमाडौंमा हुनेभएको छ । एसोसिएसनको केन्द्रीय समितिको जुम बैठकले एसोसिएसनको स्थापना दिवस माघ ७ गते काठमाडौंमा संस्थाको २३औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
यसअघिको बैठकले धनगढीमा गर्ने भनिएको वार्षिक साधारणसभा विविध कारणले काठमाडौंमा सार्नु परेको महासचिव हेमचन्द्र खनालले बताउनुभयो । यसपटक वार्षिक साधारणसभामा एसोसिएसनले नियमित गर्ने प्रक्रियाअन्तर्गत आर्थिक, सांगठानिक र अध्यक्षमार्फत एसोसिएसनले वार्षिक रूपमा गरेका गतिविधिमाथि छलफल एवं आगामी वर्ष संगठनले गर्ने वार्षिक कार्ययोजना बारेमा छलफल हुने अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।
साधारणसभामा एसोसिएसनका १३ जिल्ला र सात प्रदेशबाट करिब तीन सय प्रतिनिधिको सहभागिता रहने संयोजक एवं केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सातवटै प्रदेश एवं जिल्लामा धमाधम साधारणसभा सम्पन्न गरी प्रतिनिधि पठाउने काम भइरहेको छ ।
सोही क्रममा पुस २० गते बागमती प्रदेश, पुस २१ गते सुदूरपश्चिम प्रदेश र पुसको अन्तिम हप्ता लुम्बिनी प्रदेशको साधारणसभा सम्पन्न हुनेछ भने अन्य प्रदेशमा साधारणसभा सम्पन्न भइसकेको अर्का उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच