
काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका १३ जर्बुटा स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको बैंकले जनाएको छ । शिविरमा लुम्बिनी प्रदेशमा दुई सय र कर्णाली प्रदेशमा एक सय ५० भन्दा बढी महिलाले स्वास्थ्य चेकजाँच गरेका थिए । पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा पाठेघरको क्यान्सर (भीआइए) परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार, औषधि वितरणलगायत सेवा निःशुल्क हुने बताइएको छ ।
हरेक शिविरबाट पाठेघर क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच