काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९औँ एसियाली खेलकुद आयोजक कमिटीका उपसचिव झेङ याउसँगको भेटमा सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताउनुभएको छ ।
सदस्य-सचिव घिसिङले झेङ याउको नेतृत्वमा आएको टोलीसँग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा सो कुरा बताउनुभएको थियो ।
‘सुरुआतमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहन्छौँ । कुन कुन खेलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी खाका तयार गरेर फेरि यहाँहरूलाई सम्पर्क गर्छौं ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो ।
सदस्य-सचिव घिसिङले १९ औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाई दिँदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुसी लागेको बताउनुभयो । सदस्य-सचिव घिसिङले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपाल र चीनबीच नेपालमा उमेर समूहको फुटबल प्रतियोगिता आयोजनाका लागि पनि छलफल भइरहेको स्मरण गराउनुभएको छ ।
निर्देशक झेङ याउले १९औँ एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहजनक रहेको बताउँदै भेटको उद्देश्य खेलकुदमा दुई पक्षबीच कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने रहेको बताउनुभयो । उहाँले झेजियाङ प्रदेशका खेलाडीले ओलम्पिकलगायत महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेको बताउदै छलफललाई निरन्तरता दिँदै नेपाली खेलकुदलाई सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच