
काठमाडौं । निर्देशक दीपक श्रेष्ठले पछिल्लो समय चलचित्र निर्माणभन्दा पनि प्रदर्शन र प्रचार गाह्रो भएको बताउनुभएको छ । चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को प्रदर्शनलगायत विभिन्न पक्षको जानकारी दिन आयोजित कार्यक्रममा श्रेष्ठले यस्तो गुनासो गर्नुभएको हो । ‘चलचित्र क्षेत्रमा कसको कति योगदान छ । कसले कस्तो चलचित्र बनाउँछ । केही मतलब छैन । कसैको योगदानको कदर छैन’, श्रेष्ठले भन्नुभयो, ‘सबै चलेका अनुसारको पछि लागेका छन् । किन र केका लागि मैले बुझ्न सकिन ।’
श्रेष्ठ निर्देशित २७औं चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ यही पुस २७ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा नयाँ कलाकार अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको मुख्य भूमिका छ ।
चलचित्र युनिटका अलावा निर्माता राजाराम बुढाथोकी, संगीतकार महेश खड्का, गीतकार डा.कृष्णहरि बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा नव अभिनेता किरण श्रेष्ठले मण्डला नाटक घर हुँदै चलचित्रसम्मको यात्राको अनुभव सुनाउनुभयो । उहाँले सात वर्षमा तेह्र नाटकमा अभिनय गरेको बताउँदै डेब्यु चलचित्रमा त्यो अनुभवले राम्रो काम गरेको बताउनुभयो ।
नवअभिनेत्री बुढाथोकीले पनि चलचित्र यात्राको अनुभव सुनाउनुभयो । बाल्यकालदेखि नै चलचित्र प्रतिको लगावलाई ‘पर्खी बसेँ तिमीलाई’ ले मूर्तरूप दिएको उहाँको भनाइ थियो । संगीतकार महेश खड्का, गीतकार बराल, गायक प्रमोद खरेललगायतले कार्यक्रममा चलचित्रको सफलताका लागि शुभकामना दिनुभएको थियो ।
रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम)को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच