पुतलीबजार नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा – ‘शिक्षा स्वास्थ्य र पूर्वाधार र समुन्नत पुतलीबजारको आधार’ भन्ने नाराका साथ पुतलीबजार नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ ।

स्याङ्जाको सिटीहलमा सम्पन्न भएको उक्त नगरसभाले सार्वजनिक खरिद नियमावली २०८० र सुशासन ऐन २०८० सर्वसम्मत पारित गरेको छ । उक्त हिउँदे नगरसभामा विभिन्न विधामा उत्कृष्टता हासिल गर्न सफल विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा उच्च जिपिए ३ दशमलव ९५ प्राप्त गरी नगरपालिकाभित्र प्रथम हुन सफल कालिका माध्यमिक विद्यालय पुतलीबजार १३ लाई सम्मान गरिएको छ । त्यस्तै शैक्षिक सत्र २०७९ को एसइइ परीक्षामा विषयगत उत्कृष्ट नतिजा हासिल गराउन सफल त्रिआ माविका विज्ञान विषयका शिक्षक सफि उल्लाह खान र सोही विद्यालयका गणित शिक्षक शिवप्रसाद ढकाललाई सम्मान गरिएको छ ।

त्यस्तै सबैभन्दा बढी घरबाहल तिर्ने पुतलीबजार १ का अर्जुनप्रसाद श्रेष्ठ ९सुन्दर०, सबैभन्दा बढी व्यवसायकर तिर्ने व्यवसायी पुतलीबजार ३ का अर्जनुप्रसाद श्रेष्ठ, सबैभन्दा बढी एकीकृत सम्पत्तिकर तिर्ने कृषि विकास बैङ्क पुतलीबजार ३ सम्मानित भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिमा खोरिया दलितबस्तीको गोरेटो बाटो रेलिङ बाटो रेलिङ निर्माण उपभोक्ता समिति, पुतलीबजार नगरपालिका १, बडहरे आरन दलितबस्ती हुँदै भेउढुङ्गा गोरेटो बाटो निर्माण उपभोक्ता समिति, पुतलीबजार १३ र भाटाबारी गोरेटो बाटो निर्माण उपभोक्ता समिति पुतलीबजार १० सम्मानित भएका छन् ।

उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थातर्फ भाइटारी टोल विकास संस्था पुतलीबजार ३, नयाँबजार टोल विकास संस्था पुतलीबजार ५, जलदेवी टोल विकास संस्था पुतलीबजार ११ रहेका छन् । त्यस्तै उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी कर्मचारीका रुपमा सरोजकुमार भट्ट अहेब ठुलाडिही स्वास्थ्य चौकी, दीपक सापकोटा अहेब नागडाँडा आधारभूत स्वास्थ्य केन्द्र र एकमती गुरुङ अनमि पेल्काचौर स्वास्थ्य चौकी रहेका छन् ।

उत्कृष्ट कार्य गर्ने स्वयंसेविकाका रुपमा रिता पौडेल पुतलीबजार १४, नीता थापा पुतलीबजार १०, गंगा अर्याल पुतलीबजार ११ रहेका छन् । त्यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीमा मुक्त गुरुङ सूचना प्रविधि अधिकृत, दीपकजंग केसी वडा सचिव र गंगाबहादुर अधिकारी कार्यालय सहयोगी सम्मानित भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?