काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पूर्वप्रधानमन्त्रीहरु भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहको अवसरमा शुक्रबार पदयात्रामा सहभागी हुनुभएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो नारायणी नदी किनारमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन गर्दै हुनुहुन्छ । यस अघि विशिष्ट व्यत्तिसहितको र्याली निकालिएको छ । उक्त र्यालीमा पूर्वप्रधानमन्त्रीहरुदेखि वर्तमान प्रधामन्त्री पनि सहभागी हुनुभएको छ ।
पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन गर्न लाग्नुभएको हो । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसक्नुभएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउँदै हुनुहुन्छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति भइसक्नुभएको छ ।
यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने कार्यक्रम छ ।
भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच