
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना रहेको छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल सोमबार सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा पुस २८ गतेसम्म लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टोलीले दुई लाख, दोस्रो टोलीले एक् लाख २० हजार , तेस्रोले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक बोर्डमा प्रथम हुने चार जना खेलाडीले समान १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजको जनाएको छ । प्रतियोगितामा कुल चार लाख ७० हजार रुपैयाँ पुरस्कार रहेको प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो ।
विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिकसहित पाँचजना खेलाडी रहनेछन् । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरूलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूह विभाजन गरिएको छ ।
समूह ‘ए’ मा टाइटल प्राप्त खेलाडी, पूर्वनेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी छन् । समूह ‘बी’ मा १९०० रेटिङ मुनिका खेलाडी, समूह ‘सी’ मा यु २० र समूह ‘डी’ मा यु १६ वा महिला खेलाडी रहेका छन् ।
प्रतियोगितामा साविक विजेता थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस, ललितपुर जिल्ला बुद्धिचाल संघ गरी २० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच