
काठमाडौं । साबिक विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आ-आफ्नो समूहका विजेता बनेका हुन् । दुवै टोली प्रतियोगिताको उपविजेता छन् । यसअघि नै दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् ।
पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ अन्तरले हरायो । दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गर्यो । योसँगै बागमतीले लिगमा चारवटै खेलमा हार व्यहोर्यो । यसअघि विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई एपिएफले सेमिफाइनलमा स्थान बनाइसकेको थियो । एपिएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा एपिएफले २५-१७ को सहज जित निकाल्यो । १७-२० को स्थितिमा रहँदा एपिएफले लगातार पाँच अंक बटुल्दै जित हात पार्न सफल भयो ।
आर्मीले गण्डकी प्रदेशलाई पनि सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले गण्डकीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मी ३१-२९ ले विजयी हुन सफल भयो ।
दोस्रो सेटमा २५-२१ को जित दर्ता गरेको आर्मीले तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच