खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि अभिमुखिकरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी  । गुल्मीमा खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीले खोप ढुवानीकर्तालाई खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि एकदिने अभिमुखिकरण सुरु गरेको हो ।

यस जिल्लालाई २०७१ साल चैत ३० गते देखि नै पूर्ण खोप सुनिश्चित जिल्ला कायम गरिएको छ । स्वास्थ्यकर्मीले जिल्लाका सबै बच्चाहरुलाई खोप लगाई सक्नुभएको छ । प्रत्येक घरधुरीमा पुगेर बच्चाहरुलाई खोप लगाइए पनि यसको गुणस्तरलाई ध्यानमा राख्दै जिल्लाका खोप ढुवानीकर्ताहरुलाई अभिमुखिकरण गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा जिल्लाको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका खोप ढुवानीकर्ताहरुलाई अभिमुखिकरण गरिएको छ । यस जिल्लाका १३७ वटा स्वास्थ्य संस्थाहरुद्वारा खोप वितरण हुन्छ । उक्त स्वास्थ्य संस्थाका कार्यालय सहयोगीहरुले खोप ढुवानी गर्दै आउनुभएको छ ।

भ्याक्सिनहरुलाई जहिले पनि प्लस दुई देखि प्लस आठकै तापक्रममा राख्नुपर्ने भएकाले जिल्लाबाट भ्याक्सिनलाई ढुवानी गर्ने क्रममा तापक्रम घटबढ नहोस् भन्नका लागि कार्यालय सहयोगीहरुलाई बोलाएर एक दिने अभिमुखिकरण गरिएको हो । यसरी पाँच चरणमा जिल्लामा रहेका १३७ वटै कार्यालय सहयोगी खोप ढुवानीकर्तालाई अभिमुखिरण गरिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?