काठमाडौं । बाराको एक घना जंगलमा तपस्या गरेर चर्चा कमाएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी अन्ततः सफल भएको छ ।
विभिन्न आश्रममा बसेर अपराधको श्रृंखला चलाएका बमजनमाथि बलात्कार, हत्या र व्यक्ति वेपत्ता पारेको लगायतका आरोप छन् । उनै बमजनलाई प्रहरीले बुधबार दिउँसो करिब २ बदे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
लामो समयदेखि खोजीको सूचीमा रहेका बमजनलाई पक्राउ गर्न प्रहरीले सकेको थिएन । नेपालमा मात्रै होइन भारत लगायतका मुलुकमा समेत यस्ता धार्मीक खोल ओडेर अपराधको दुनियामा रमाएका व्यक्तिलाई प्रहरीले वर्षौँसम्म फेला पार्न नसकेका घटनासित हामी परिचित छौँ ।
यद्यपि यहाँ रामबहादुर बम्जनलाई बुद्धभन्दा पनि माथिको सन्त र त्यागी मान्नेहरुको पनि कमि छैन ।
कन्चन तामाङ नाम गरेकी एक महिला (बमजन समर्थक) भन्नुहुन्छ, ‘बुद्धलाई समेत आफ्नै दाई द्वारा यस्तै आरोप लागेको थियो । गौतम बुद्ध भन्दा पनि एक स्टेप भन्दा माथि हुनुहुन्छ । उहाँसँग बुद्धको कम्पेयर गर्न मिल्दैन र ।’
तर उहाँको कोठामा करौडौँ (नेपाली तीन करोड, विदेशी मुद्राको हिसाब प्रहरीले दिएको छैन) भेटियो । साधुलाई पैसाको लोभ हुन्न भन्छन् नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म दिन्छु मेरो खुसीको खुरा हो । बाहुन क्षेत्रीले सत्यनाराण पूजा गर्छ जसरी पैसा दिन्छ त्यसरी हाम्रो धर्ममा पैसा चलखेल नै छैन । मैले आजीवन कमाएको मेरो सम्पती दिन तयार छु । अहिले ज्यान दिन तयार छु ।’
यो रामबहादुर जसलाई लिटिल बुद्ध उपनाम दिइएको छ उहाँका अनुयालीले भनेको कुरा हो ।
तर करिब एक दर्जन बढीलाई बेपत्ता पारेको, केही आनीहरुको हत्या गरेको र बलात्कारको आरोप ती बमजनमाथि छ । यसलाई उनका अनुयायीहरु ‘विरोधीले चालेको क्षणिक चाल हो सरकार नै आएर आराप लगायो भने पनि हामीले मान्दैनौँ’ भन्छन् ।
बम्जनबारे केही घटनाक्रम
बम्जनको आश्रमबाट आधा दर्जन बेपत्ता
प्रहरीमा आएका उजुरी र प्रहरीको रिपोर्ट हेर्दा अहिलेसम्म उनको आश्रमबाट करिब आधा दर्जन अनुयायीहरु बेपत्ता छन् । सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बाको अवस्था अज्ञात रहेको छ । यस्तै बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट सम्पर्क विहनी अवस्थामा रहेका छन् ।
बलात्कार र हत्याका घटनापनि प्रहरीको नजरमा
मकवानपुरका सञ्चमान वाइवालाई कुटेर मारेको प्रत्यक्षदर्शीले सार्वजनिक रुपमा बयान दिँदै आएका छन् ।
२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप समेत लगाएकी थिइन् ।
घरबाट प्रहरीले बरामद गर्यो तीन करोड बढी रकम, ल्याण्ड क्रुजरका लागि दिएका थिए अर्डर केन्द्रीय अुनसन्धान ब्यूरो (सिआइबी) का अनुसार प्रहरीले उनको घरबाट ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ ।
प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको छ । यस्तै बमजनले चढ्ने टोयोटा फच्र्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर बरामद गरिएको छ ।
त्यसबाहेक उनले शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । गाडी खरिद गर्न उनले तीन करोड रुपैयाँ भुक्तानी समेत दिइसकेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको त्यो ‘अपरेशन ब्लू’
पाँचजना व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले अपरेशन ब्लू चलाएको थियो ।
पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यस पटक उनी काठमाडौं हात्तीगौंडास्थित घरबाटै समातिएका छन् ।
सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो ।
सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच