
वीरगञ्ज । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशको छनोटबाट बारा र पर्सा फाइनलमा पुगेका छन् । बाराले धनुषा तथा पर्साले सिराहलाई सेमिफाइनलमा हराउँदै फाइनलमा पुगेका हुन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बाराले २२ ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बाराको लागि साहिल पटेलले ३३, अरनिको यादवले १८ र तृतराज दास १५ रन बनाउनुभयो । धनुषाका लागि व्रिकमकुमार यादवले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो ।
जितको लागि १२५ रनको लक्ष्य पछ्याएको धुनषा २४ ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनायो । उसका लागि हरिशंकर शाहले ३३ बलमा ६ चौकासहित ३४ र मयंक यादव २९ रन बनाउनुभयो । बाराका अनिल कुमार शाहले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो ।
त्यस्तै, अर्को सेमिफाइनल खेलमा पर्साले सिराहलाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । टस जितेर पहिला ब्याटिङ रोजेको सिराह २१.२ ओभरमा १०६ रनमा अल आउट भयो । सिराहका राकेश कुमार २३, कृष्ण शाह २९ र रुपेश सिंहले २२ रन बनाउनुभयो । पर्साका साम्सद मानसुरीले ३ र सांसद अन्सारीले २ विकेट लिनुभयो ।
जितको लागि १०७ रनको लक्ष्य पछ्याएको पर्साले २२.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । सैफवान अली २९ र इमरान शेख १९ रन बनाउनुभयो । सोनु शर्मा १६ रन बनाउनुभयो । प्रदीप पासवानले ३ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच