काठमाडौं । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ ।
विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो ।
रकम हिनामिना मुद्दामा दोषी ठहर्याउँदै उनलाई ३ वर्षको जेल सजायसँगै जरिवानासमेत तोकिएको छ ।
शाहलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
अख्तियारले दायर गरेको मुद्दामा उनी दोषी ठहरिएका हुन् ।
अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
साहित्यकार शाहको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच