काठमाडौं । त्रिकोणात्मक टी- २० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग नेपाल ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए। त्यस्तै आरिफ शेख १५ र रोहित पौडेलले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १७१ रन बनाएको थियो।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए। उनले ३७ बलमा ४ छक्का र ५ चौका प्रहार गरे। त्यसैगरी हिरि हिरीले १५ रन, हिला भारेले १८ रन, किप्लिन डोरिगाले १४ रन, चाड सोपरले १३ रन बनाए। अलेई नाओले ३० रन बनाएर अविजित रहे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच