कोशी सरकार विवादमा आज आदेश हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्ण इजलासमा सुनुवाइ भइरहेको कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमाथि आज (बिहीबार) सुनुवाइ हुँदै छ । बुधबार हेर्दाहेर्दैमा रहेको उक्त रिटमाथिको आदेश आज आउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्च स्रोतका अनुसार सबै लिखित जवाफ आइसकेको र मुद्दाको अंग पुगिसके पनि बुधबार निर्णय सुनाइएन ।

आज अन्तिम आदेश दिने तयारी छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पहिलो दिन रिट निवेदकहरूको बहस सकिएपछि सरकारी पक्षले जवाफी बहस गर्नुभएको थियो । जवाफी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा बुधबार पनि समय अभावका कारण निर्णय आउन नसकेको बताइन्छ ।

यसअघि न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन कानुनी रूपले जटिल प्रकारको भएकाले पूर्ण इजलासमा पठाउन उपयुक्त हुने भन्दै पेसी तोक्ने आदेश गरेको थियो । त्यसपछि दुई दिनदेखि पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।

गत असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको थियो । त्यसपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमा सभामुखलाई समेत गणना गरी बहुमत पु¥याएर थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?