बाँके । बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको हो ।
प्रधानमन्त्री कप पुरुष एक दिवसीय प्रदेश क्रिकेट प्रतियोगिताका लागि भएको प्रदेशस्तरीय छनोटमा नवलपरासीलाई पराजित गर्दै बाँकेले उपाधि जितेको थियो । त्यसलगत्तै लुम्बिनीले प्रदेश छनोटको लागि २२ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा बाँकेबाट तीन खेलाडी मात्रै सिद्धान्त शाही, मोहम्मद सादब अन्सारी र लवकुश यादव परेपछि बाँकेले आपत्ति जनाएको हो ।
‘बन्द प्रशिक्षणमा बोलाएको २२ जना खेलाडी कुन आधारमा गरिएको हो ? च्याम्पियन बाँकेबाट तीन मात्रै खेलाडी र अरू खेलाडी किन नपरेको हो ? खेलाडी छनोटको आधार के हो ? यसरी आफ्नो मान्छेलाई छनोट गर्ने किसिमको कार्य बाँकेले विरोध गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छौँ’, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईंले विज्ञप्तिमा जारी गर्दै उल्लेख गर्नुभएको छ ।
लुम्बिनीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा सुशान्त सिंह थापा (कप्तान), मोहम्मद सादव अन्सारी, लवकुस यादव, सिद्धान्त शाही, सम्राट् भुसाल, एकलाख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बस्याल, कृष्ण कार्की, मिर्नल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, वृष्णु कटारिया, प्रज्जवल थापा, विराट् भण्डारी, वीरबहादुर सरु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतीक भट्टाराई र निर्मल गुरुङ छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच