
ललितपुर । एफवान सफ्ट फोनपोइन्ट्स नामक कम्पनी सञ्चालनमा ल्याएको छ । फोनपोइन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको कम्पनीले जनाएको छ । फोनपोइन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो ।
कम्पनीका अनुसार फोनपोइन्ट्सको उद्देश्य ग्राहकको दैनिक भुक्तानीलाई इनामदायी गराउनुका साथै प्लेटफर्ममा सलग्न व्यवसायीका लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सिर्जना गराउनु पनि हो । फोनपोइन्ट्सद्वारा ग्राहकले विभिन्न व्यवसायी स्थानमा भुक्तानीका क्रममा केही पोइन्ट्स आर्जन गरी, सो पोइन्ट्सबाट विभिन्न तरिकाको लाभ लिन मिल्ने आधार तयार गरिएको छ ।
फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भन्नुभयो, ‘हामी फोनपोईन्ट्सको आधिकारिक सुरुवात घोषणा गर्न पाउँदा निकै खुशी छौं । हाम्रो मिसन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो र साथै ग्राहक र हाम्रो पार्टनरको व्यापारमा लोयाल्टी बढाउनु हो । फोनपोइन्ट्स एक लोयल्टी प्लेटफर्ममात्र नभई बिजनेसेसलाई ग्राहक रिटेन र एन्गेज गर्न डिजाइन गरिएको एक समाधान हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच