✍️ रामनारायण देव
नेपालको राष्ट्रिय राजनीतिमा बीपी कोइरालाको शीर्षस्थ स्थान रहिआएको छ । उहाँले राष्ट्रियता, प्रजातन्त्रका लागि गर्नुभएको अथक संघर्ष र लिनुभएको अडानले नेपालमा मात्र नभएर विश्वका प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूले पनि उहाँको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । उहाँको प्रजातान्त्रिक आन्दोलनको इतिहास भारत स्वतन्त्रता आन्दोलनबाट सुरु भएको हो । भारतको बनारस विश्वविद्यालयमा अध्ययनकै क्रममा भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय हुनुभएको थियो ।
सन् १९३० को दशकमै भारतका प्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायण, डा.राममनोहर लोहिया, आचार्य नरेन्द्रदेवसँग आन्दोलनमा सक्रिय भइसक्नुभएको थियो । भारतीय राष्ट्रिय कांग्रेसबाट अलग भई कांग्रेस सोसलिष्ट पार्टीको स्थापनाताका त्यस पार्टीको सचिव पनि भइसक्नु भएको थियो । सन् १९४२ को अंग्रेजविरुद्ध भएको ‘भारत छोडो आन्दोलन’ मा उहाँलाई ब्रिटिश सरकारले हजारीबाग जेलमा बन्दी बनाएको थियो । भारत स्वतन्त्र भएपछि त्यहाँको राजनीतिबाट अलग भई नेपाललाई एकतन्त्रीय जहानियाँ राणाशासनबाट मुक्त गराउन नेपाली कांग्रेसको स्थापना गर्नुभयो । २००७ सालको जनक्रान्तिद्वारा एकतन्त्रीय राणाशासनलाई अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नुभयो ।
कोइरालाबाट आफ्नो स्वार्थसिद्ध हुने नदेखेर इन्दिरा गान्धीले राजतन्त्र र पञ्चायतलाई टिकाउन समर्थन दिन थालिन् । भारतले पञ्चायतलाई राजनीतिक र आर्थिक सहयोग गर्दै आफ्नो पकडमा राखेको थियो । मुलुकको राष्ट्रियता र स्वतन्त्रता खतरामा थियो । यसै कुरालाई आत्मसात् गर्दै बीपीले नेपाल फर्कनु उचित सम्झनुभयो ।
प्रजातन्त्रको स्थापना भएपछि पनि तत्कालीन राजा त्रिभुवनले आफ्नो घोषणा अनुसार संविधानसभाको चुवान गराउन आलटाल गर्दागर्दै त्रिभुवनको निधन भयो । त्यसपछि राजा महेन्द्रले संविधानसभाको चुनाव नगराई २०१५ सालमा संसदकै चुनाव गराउनुभयो । सो चुनावमा नेपाली कांग्रेसले अत्यधिक मत ल्याई सरकार गठन गर्यो । प्रधानमनत्री बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । त्यस सरकारले मुलुकलाई सामन्ती प्रथाबाट अलग गराई समाजवादी प्रथातिर उन्मुख गराउन बिर्ता उन्मूलन, वन जंगलको राष्ट्रियकरण, सहकारी पद्धति भूमिसुधार, जमिन्दारी प्रथाको उन्मूलन, बेठबेगारी, राज्यरजौटाको अन्त्य जस्ता प्रगतिशील र आधुनिक कामको थालनी भयो । प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले मुलुकलाई आधुनिकीकरणतिर लैजान खोज्दा राजा महेन्द्रलाई सहृय भएन ।
अन्ततः २०१७ साल पुस १ गते जनताबाट निर्वाचित सरकारलाई विघटन गरी प्रधानमन्त्री मन्त्री, सांसद, विपक्षी दलका नेता र कार्यकर्ता सबैलाई बन्दी बनाए । साथै राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई निर्दलीय पञ्चायती व्यवस्था लादे । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेतालाई कठोर काराबासको सजाउ दिए । आठ वर्षको कठोर यातनापछि उहाँलाई २०२५ सालमा मुक्त गरियो । त्यसपछि बीपी आत्मनिर्वासित भई भारत प्रवासमा जानुभयो । सन् १९७५ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा संकटकाल लगाएपछि बीपीको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइयो ।
इन्दिरा गान्धीको अप्रजातान्त्रिक र तानाशाही प्रवृत्तिविरुद्ध समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा ठूलो आन्दोलन भएको थियो । त्यस आन्दोलनलाई बीपीले नैतिक समर्थन गर्नुभएको थियो । त्यस कुराले गर्दा इन्दिरा गान्धी उहाँप्रति नकारात्मक दृष्टिकोण राख्थिन् । बीपीलाई दिएको राष्ट्रिय सुविधा खोसियो र राजनीतिक गतिविधिमाथि निगरानी गर्न लागियो । यसबाट बीपी निकै असन्तुष्ट र आक्रोशित हुनुभयो ।
त्यत्तिबेला नै भारतले स्वतन्त्र राज्य सिक्किममाथि आक्रमण गरी भारतमा गाभ्यो । साथै पूर्वपाकिस्तानमा स्वतन्त्र बंगलादेशका लागि भएको आन्दोलनमा भारतले त्यसको समर्थन गर्दै सेना पठाएको थियो । फलस्वरूप सन् १९७१ मा बंगलादेशको उदय भयो । त्यसपछि सन् १९७५ मा बंगलादेशका र राष्ट्रपति शेख मुजिबुर रहमानसहित सपरिवारकै हत्या भएको थियो । बंगलादेश र सिक्किमको घटनापछि अफगानिस्तानमा सोभियत संघको सेनाको घुसपैठले गर्दा दक्षिण एसियाकै राजनीतिक परिदृश्यमाथि खतराको बादल मडारिरहेको थियो । भारतको विस्तारवादी नीतिले सोभियत संघसित २० वर्षे सुरक्षा सन्धि भयो । यसरी एसियामा आफ्नो वर्चस्व राख्न अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा भई शीतयुद्ध भइसकेको थियो ।
यता नेपालका बीपी कोइरालासित आफ्नो स्वार्थसिद्ध हुने नदेखेर इन्दिरा गान्धीले निरंकुश राजतन्त्र र पञ्चायतलाई टिकाउन समर्थन दिन थालिन् । भारतले निर्दलीय पञ्चायतलाई राजनीतिक र आर्थिक सहयोग गर्दै आफ्नो पकडमा राखेको थियो । मुलुकको राष्ट्रियता र स्वतन्त्रता खतरामा थियो । यसै कुरालाई आत्मसात् गर्दै बीपीले नेपाल फर्कनु उचित सम्झनुभयो । उहाँले पार्टीका साथीहरूसित सल्लाह गरी त्यही अनुरूप निर्णय गराउनुभयो । उहाँमाथि निरंकुश पञ्चायती व्यवस्थाले आठ–आठवटा संगीत मुद्दाहरू लगाएको थियो । त्यस विकट परिस्थितिमा उहाँ त्यत्रो खतरा मोलेर स्वदेश फर्किनुभयो । ती संगीन मुद्दाको रत्तिभर परवाह नगरी अदम्य साहसका साथ आफ्ना साथीहरू गणेशमान सिंह, नीलाम्बर पन्थी, खुमबहादुर खड्का, शैलजा आचार्यसँगै २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।
पञ्चायतको घनघोर दमनको बेला पञ्चहरूले उहाँलाई विमानस्थलामा ओर्लिनेबित्तिकै हुल बाँधेर विरोध गर्न पुगे । उहाँलाई जेल हाल्नुपर्छ र मुद्दा चलाउनुपर्छ भनी पञ्च र मण्डलेहरू कराउन थाले । उहाँमाथि लागेका मुद्दाको २०३४ सालमा सुनुवाइ भयो । जसमा बीपीले आफूमाथि लागेको मुद्दाको तार्किक जवाफ दिई पार्टीका कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दाको जवाफदेहीता लिनुभयो । यसरी उहाँले एउटा कुशल नेताको परिचय दिनुभएको थियो । उहाँको मुलुक प्रवेशदेखि नै राजनीतिक वातावरणमा परिवर्तन देखापर्न थाल्यो ।
पञ्चायतविरोधी प्रजातन्त्रवादी जुर्मुराउन थाले र संगठित भई विरोधमा उत्रिन थाले । नभन्दै २०३५ साल चैतमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिँदा नेपाली विद्यार्थी कालो झण्डा लिई काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि विरोध गर्न पुगे । प्रहरीको लाठीचार्जबाट कैयौं विद्यार्थी घाइते भए । यसबाट विद्यार्थी झन् आक्रोशित भई काठमाडौं शहरभरि नै नारा जुलुस गर्दै तोडफोड र आगजनी गरे, पञ्चायती व्यवस्थाविरुद्ध गगनभेदी नारा लगाउन थाले र जनताको पनि समर्थन पाएपछि आन्दोलनले उपत्यकामा चर्को रूप लियो ।
फलस्वरूप २०३७ साल वैशाख २० गते सुधाएिको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाबीच जनमत संग्रह गराइयो । धाँधली र षड्यन्त्रपूर्ण रूपमा भएको जनमतसंग्रहको चुनावमा पञ्चायती व्यवस्थालाई जबर्जस्ती जिताइयो । मुलुकलाई ठूलो धनजन र क्षतिबाट बचाउन बीपीले जनमतसंग्रहको परिणामलाई स्वीकार गरे ।
राजनीति पार्टीका नेता र विद्यार्थी नेता एकबद्ध हुन थाले तथापि बीपी कोइरालासित आन्दोलनलाई बढाउन सल्लाह गर्न थाले । आन्दोलनले उग्ररूप लिँदै गएपछि राजा वीरेन्द्र २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गर्न बाध्य भए । फलस्वरूप २०३७ साल वैशाख २० गते सुधाएिको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाबीच जनमत संग्रह गराइयो । धाँधली र षड्यन्त्रपूर्ण रूपमा भएको जनमतसंग्रहको चुनावमा पञ्चायती व्यवस्थालाई जबर्जस्ती जिताइयो । यसबाट बहुदलवादीहरू आक्रोशित भई मुलुकलाई अस्तव्यस्त बनाउन खोजे । मुलुकलाई ठूलो धनजन र क्षतिबाट बचाउन बीपीले जनमतसंग्रहको परिणामलाई स्वीकार गरे ।
बीपीले जनमतसंग्रहमा राजामाथि पूर्णविश्वास गरेका थिए तर प्रधानमन्त्री सूर्यबहादुर थापा र दरबारीयाहरूको षड्यन्त्रले पञ्चायतलाई जिताए । पञ्चायतलाई जिताउन पञ्चायती प्रधानमन्त्री थापाले वनजंगलदेखि राष्ट्रिय सम्पत्तिलाई बेचे र अनेक हतकण्डा अपनाए । प्रजातन्त्र र प्रजातन्त्रवादीलाई देखिनसहने थापा बीपीलाई फाँसी दिनुपर्दछ भनी सार्वजनिक घोषणा गर्न पनि पछि परेनन् । तर, तिनै थापा २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि सबभन्दा बढी प्रजातन्त्रवादी भई मोर्चाबन्दीमा उत्रिए । बीपीको राष्ट्रिय मेलमिलापको भावनालाई राजा र दरबारियाले बुझ्न नसकेर आज मुलुकमा राष्ट्रियता र प्रजातन्त्र कमजोर हुन पुगेको छ ।
दोस्रो जनआन्दोलन २०६३ पछि त खुलेआम विदेशी हस्तक्षेप बढेर मुलुक अस्थिरता र अराजकतातर्फ बढिरहेको छ । आज तिनै पञ्च २०४७ सालको संवैधानिक राजतन्त्रात्मक ‘बहुदलीय प्रजातन्त्र’का आधारमा बनेको संविधानलाई पुनःस्थापनामा जोड दिइरहेका छन् । आखिरी करिब तीन दशकअघि बीपीले भने अनुसार संवैधानिक राजतन्त्र बहुदलीय संसदीय प्रजातन्त्रको ढाँचाभित्र राजा बसिदिएको भए आज उग्रवामपन्थीको शिकारमा परी मुलुक गणतन्त्रमा जाने थिएन । बीपी जहिले पनि राष्ट्रियता र प्रजातन्त्रलाई घोर दक्षिणपन्थी र घोर वामपन्थीबाट खतरा छ भन्नुहुन्थ्यो । अन्त्यमा आएर यही कुरा सिद्ध भएर आज दुवैमाथि खतरा बढिरहेको छ ।
नेपालमा राजाले २०१७ साल पुसमा प्रजातन्त्रको हत्या गरी प्रजातान्त्रिक शक्तिलाई दबाउन उग्र वामपन्थीलाई प्रयोग गर्दै आइरहेका थिए । दरबारले वामपन्थीहरूको पालनपोषणमा राष्ट्रिय ढुकुटी खर्च गरी प्रोत्साहन दिई खुला रूपमा संगठन विस्तार गर्न दिइरहेको थियो । पञ्चायतकालमा अहिलेका कम्युनिष्टले आफ्नो संगठन बलियो पारेका थिए । बीपीले भने अनुसार अडिट फर्मुलाको नीति अपनाएर दरबार र पञ्चायतभित्र कम्युनिष्टहरू प्रवेश गरेका थिए । राष्ट्रका हरेक अंगमा कम्युनिष्टहरू पञ्चको बिल्ला लगाई छिरिसकेका थिए । त्यहीँ भित्रका उग्रवामपन्थी कम्युनिस्ट अहिले वर्चस्व जमाई राज गरिरहेका छन् । यसरी बीपीको भविष्यवाणी सिद्ध भएको छ । आज नेपालको राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय अखण्डता खतरामा परेको छ । उहाँले देखाउनुभएको मार्गचित्रमा मुलुक सञ्चालन भएको भए मुलुक उग्रवामपन्थी र घोर दक्षिणपन्थी धारमा बग्ने थिएन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच