हलेसी (क) को जाहेरीमा कतारबाट पक्राउ परे युवक

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले इन्टरपोलको सहायतामा कतारबाट पक्राउ गरेको छ ।

हलेसी (क)को जाहेरीमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेका २२ वर्षीय किरण राईलाई कतारस्थित अलराबी कम्पनीको मार्केन्ट काउन्टरबाट पुस २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सूचना अधिकारी बेनु कार्कीले जानकारी दिनुभयो ।

जबजस्ती करणी मुद्दामा फरार भई गत जेठ ४ गते बैदेशिक रोजगारीका निम्ति कतार पुगेका राईलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी एनसीबी दोहा कतारको समन्वयमा पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई कतार एयरलाईन्सको उडान नं.क्युआर ६४४ बाट नेपाल ल्याई जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले बिहीबार राति साँढे १२ बजे कार्यालयमा ल्याई म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?