काठमाडौं । झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा-५ ले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्षमुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा÷ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ ।
तीमध्ये खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।
प्रतियोगिता आयोजक वडा-५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दूरी १३.४ किलोमिटर कच्ची बाटो रहेको छ । खुला महिला/पुरुषतर्फको विजेताले १५
हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ ।
भेट्रान खुला पुरुषतर्फका शीर्ष तीनले आठ हजार, ६ हजार र चार हजार पाउनेछन् । खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फका शीर्ष तीनलाई ६ हजार, चार हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले नौ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच