सर्वदलीय बैठक साँझ ७ बजे बस्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।

मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो।

यसअघि आइतबार पनि बैठक बसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?