सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प लिएको छ : प्रधानमन्त्री

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरना रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ ।

आज नेकपा (माओवादी केन्द्र) निकट संगठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

'हिजैमात्रै हामीले दुई चारवटा नयाँ कामहरु अगाडि बढाउने हामीले निर्णय गरेका छौं । विराटनगर जुटमिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगजस्ता बन्द उद्योगहरु सञ्चालन गर्ने बारेमा कतिपयलाई सिधै पीपीपी मोडलमा र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिनेबारे ठोस् निर्णय गरिएको छ । यो सरकार पुनाना उद्योग सञ्चालन गर्ने र त्यसबाट रोजगारी र उत्पादनको नयाँ युगतिर देशलाई लैजाने संकल्पको साथ अगाडि बढेको छ,’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।’

प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताउँदै भन्नुभयो, ‘अब मेरो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेट निर्माणतर्फ केन्द्रित रहन्छ, यो पटकको नीति तथा कार्यक्रममा जनताबाट आएका सुझावहरूलाई समेटिनेछ । नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?