काठमाडौं । नेपालकै लामो पोखरा-मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डिपिआर लगानी बोर्डमा बुझाएको हो ।
सुुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेशन रहने गरी प्रस्ताव गरेको छ । प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । अध्यावधिक डिपिआर बोर्डले अध्ययन गरी कम्पनीसँग परियोजना कार्यान्वयन सम्झौता (पीआईए) गर्नुपर्छ ।
आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम भने पूरा गर्नुपर्ने हुन्छ । आयोजनाले गर्ने इआइएलाई वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेमात्र आयोजनाको काम अघि बढ्छ । कास्कीको नयाँपुलबाट घोरेपानी-तातोपानी-जोमसोम-कागबेनी हुँदै मुक्तिनाथसम्म केबुलकार जडान गर्ने योजना छ । आयोजनाको कुल लागत ५५ अर्ब १८ करोड रुपैयाँ अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच