माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विधान मस्यौदा र पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न बैठक बसेको हो।

बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने उहाँले बताउनुभयो ।

आजको स्थायी समिति बैठकमा कार्यविभाजन, विधान मस्यौदा पेस हुने, पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने माओवादी केन्द्रको तयारी छ।

माओवादी केन्द्रले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो । उक्त समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।

माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष शुक्रबार विधानको मस्यौदा पेस गरेको थियो।

माओवादीले यही पुस ५ गते पम्फा भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो। समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की हुनुहुन्छ।

बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षा हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ । माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षा हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ । माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?