बाराही समाजको नव निर्मित भवन उद्घाटन तथा ९औं साधारण सभा सम्पन्न

Read Time = 3 mins

ललितपुर । बाराही समाजको नव निर्मीत भवन उदघाटन तथा ९औं साधारण सभा शनिवार यगुंबहाल, ललितपुरमा बाराही दः गुठिका थकालि सिंह बहादुर बाराहीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बाराही दः गुठी तथा बाराही समाज भवन (बाराही छेँ) को बाग्मती प्रदेशका सभासद द्धय ज्ञानेन्द्र शाक्य रं शोभा शाक्य तथा ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यद्घारा संयुक्त रुपमा उट्घाटन भएको थियो ।

समाजका अध्यक्ष पूष्प रत्न बाराहीले स्वागत मन्तब्य दिनु हुँदै आफ्नो कार्यकालमा समाजले आफ्नै भवन निर्माण सम्पन्न गरेकोमा खुशी ब्यक्त गर्दै यसरी सवैको साथ र सुभेक्ष्याले अगाडि बढ्न प्रेरणा दिने बताउनु भयो ।

कार्यक्रममा जेष्ठ नागरिक सम्मान, विभिन्न शैक्षिक तहमा उत्तिर्णहरुको सम्मान, बन्दशत्र लगायतका कार्यक्रमहरु भएका थिए । समाजका उपाध्यक्ष प्रेम कृष्ण बाराहीले धन्यवाद मन्तब्य दिंदै आगामी दिनमा पनि यस्तै हौसला पाईरहने अपेक्षा ब्यक्त गर्नुभयो ।

सभाले समाजको नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ कार्य समितिमा अध्यक्ष प्रेम कृष्ण बाराही, उपाध्यक्ष चन्द्रमान बाराही, सचिव दिपक बाराही (अमिर), सहसचिव राधा कृष्ण बाराही, कोषाध्यक्ष उपेन्द्र , सहकोषाध्यक्ष पदमिनी , सदस्यहरुमा दिलकुमार, मोहन प्रशाद, राकेश लाल, मिनुषा, सुरेश, रविन्द्र बाराही निर्विरोध निर्वाचित हुनुभयो ।

कार्यक्रममा बागमति प्रदेशका सभासद ज्ञानेन्द्र शाक्य, शोभा शाक्य, ललितपुर उपमेयर मञ्जली शाक्य बज्राचार्य, गुठी संस्थानका प्रमुख प्रशाशक किरण शाक्य, ८ वडा अध्यक्ष बावुरत्न महर्जन, नेवा देः दबुका अध्यक्ष पवित्र बज्राचार्य, २१ जातिय समाज ललितपुरका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?