
जेनेभा । गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसंघका अधिकारीले शनिबार बताएका छन् । गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् ।
प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) कि विशेष प्रतिनिधि लुसिया एल्मीले जेरुसेलमबाट भिडियो लिंकमार्फत आयोजित पत्रकार सम्मेलनमा आफू गाजामा एक हप्ता बिताएर भर्खरै फर्केको बताउनुभयो । गाजाको पछिल्लो स्थितिले आफूलाई निकै दुःखी बनाएको बताउँदै उहाँले भन्नुभयो, ‘हजारौँ बालबालिकाको मृत्यु भइसकेको र तीनवटा अत्यावश्यक समस्या तत्काल सम्बोधन नगरिए अझै हजारौं बालबालिकाले ज्यान गुम्ने जोखिम रहेको छ ।’
बमबारीबाट पीडितका लागि राहतको व्यवस्था गर्न सुरक्षा, सहायता वितरणको लागि रसद, र व्यावसायिक क्षेत्रको पुनः सञ्चालन आवश्यक छ । एल्मीले पत्रकारहरूसँग कुरा गर्दै विगत दुई हप्तामा मात्र गाजामा बालबालिकामा झाडापखालाका घटना झण्डै दोब्बर भएर ७० हजार पुगेको बताउनुभयो ।
करिब एक लाख ३५ हजार बालबालिका पनि गम्भीर कुपोषणको जोखिममा छन् । उहाँले तत्काल र दीर्घकालीन युद्धविराम नै बालबालिका र परिवारको हत्या र घाइतेको अन्त्य गर्ने एकमात्र उपाय भएको र अति आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
एल्मीले गाजा पट्टीमा प्रवेश गर्ने सबै नाकाहरू पुनः खोल्नुपर्ने, सहायताका लागि अनुमोदन प्रक्रिया छिटो हुनुपर्ने, विद्यालय र अस्पतालजस्ता नागरिक पूर्वाधारको संरक्षण गरिनुपर्ने र गाजा पट्टीको उत्तरमा पहुँच प्रदान गर्नुपर्ने बताउनु भएको छ । अपहरणमा परेका बालबालिकासहित विभिन्न देशका नागरिकलाई पनि बिनाशर्त र सकुशल रिहा गरिनुपर्छ ।
हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहले इजरायलमाथि आक्रमण गरेको यो आइतबार १०० दिन पुगेको छ । हालसम्म एक हजार २०० इजरायली मारिएका छन् भने करिब २५० जनालाई बन्धक बनाइएकोमा १०० भन्दा बढीलाई रिहाइ गरिएको छ । इजरायलले सैन्य कारबाही सुरु गरेयता १४ हप्तामा २३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये करिब दुई तिहाइ महिला र बालबालिका छन् । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच