काठमाडौं । आमा बाबुलाई छोराले गरेको अपहेलनाको कथा बोकेको मार्मिक गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको हो ।
राजनराज शिवाकोटीको शब्द र संगीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टीका पुन र रीता केसीले साथ दिनुभएको छ । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ । भिडियोले अन्त्यमा आमालाई गर्नुपर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरूपमा देखाइएको छ ।
विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगनलाल प्रधानले निर्माण गर्नुभएको हो । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय छ । बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गर्नुभएको छ । विशाल थापाले खिचेको भिडियोमा नहकुल खड्काको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच