ललितपुर । राष्ट्रिय सहकारी महासंघको शुक्रबार र शनिबार ललितपुरमा आयोजित ३१औँ वार्षिक साधारणसभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको महासंघमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको हो । निवर्तमान अध्यक्ष मीनराज कँडेलले महासंघको इतिहासमा पहिलोपटक महिला अध्यक्ष भएको बताउनुभयो । कँडेलअघि पूर्वमन्त्री केशव बडाल र दिपकप्रकाश बास्कोटाले महासंघको नेतृत्व गर्नुभएको थियो । मल्ल यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भइसक्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२५ सदस्य सञ्चालक समिति र तीन सदस्य लेखा सुपरीवेक्षण समितिका पदहरूमा पनि निर्विरोध भएको छ भने वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल चयन हुनुभएको छ । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त निर्विरोध चयन भएको महासंघले जनाएको छ । पछिल्लो संशोधित विनियमअनुसार पहिलोपटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम तुलाचन निर्वाचित हुनुभएको छ । यसअघि उहाँ सञ्चालक हुनुहुन्थ्यो ।
सञ्चालकमा टेकप्रसाद चौलागाईं, हुमाकुमारी जिसी(अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमलाकुमारी सुवेदी पौडेल रहेका छन् । लेखा सुपरीवेक्षण समितिको सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्वाचित भएको महासंघको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हिमादेवी बस्नेतले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच