अख्तियारद्वारा चन्द्रागिरिका असिस्टेन्ट सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका - १४ नयाँ नैकापमा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा जनाएअनुसार पन्तविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

भवन निर्माण सम्पन्नको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई सेवाग्राहीबाट लिएको २५ हजार रुपैयाँसहित आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता थपलियाले जानकारी दिनुभएको छ ।

आयोगले उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?